एनसिसि रसियाद्वारा सहयोग हस्तान्तरणः

Published On: Thursday, April 5, 2018 | Source: NRNA RUSSIA
           श्री नेत्र बहादुर खत्री विगत केही वर्ष देखी रसियामा रोजगारीको शिलासिलामा आउनु भएको र रोजगारी गर्ने क्रममा अचानक दुवै मृगौंला फेल भएर अहिले काठमाण्डौको रहेको राष्ट्रिय मृगैला केन्द्रमा  उपचारार्थ भर्ना हुनु भएको छ । उहाँको शिघ्र स्वास्थ्य लाभको कामना सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले उहाँलाई रु. १८२,९०० (एक लाख बयासि हजार नौंसय) सहयोगार्थ उहाँको आफन्तलाई आज गैरआवासीय नेपाली संघको सचिवालयमा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङ्गले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भयो ।
यस कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरीयाका महासचिव डा. इन्दीरा तिवारी र विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।
एनसिसि रसीया ।